विप्लव नेता बिक रंगेहात पक्राउ

अछाममा विप्लव नेतृत्वको नेकपाका नेता एक महिलासँग अवैध क्रियाकलाप गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा विप्लव नेतृत्वको नेकपा अछामका नेता पदम बिक एक महिलासँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
स्थानीय एक विवाहित महिलासॅग नियमित अवैध क्रियाकलाप गर्नेगरेको थाह पाएपछि महिलाका श्रीमान र आफन्तले निगरानी गरिरहेका थिए ।
सधै जसो हिजो बेलुका महिलाको कोठामा प्रवेश गरेपछि आफन्तले रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएको जानकारी प्राप्त भएको छ ।
अनैतिक क्रियाकलापमा संलग्न भएका उनलाई प्रहरी चौकिमा बुझाएपछि आफू बिप्लव माओवादीको प्रभावशाली नेता भएको भन्दै छाड्न दवाव दिएका थिए ।
आफूलाई नछाडे ठीक नहुने भन्दै प्रतिकार गर्न तम्सेका उनलाई तत्काल प्रहरी चौकीमा पुऱ्याएको स्थानियको भनाई रहेको छ ।
बिप्लव नेतृत्वको माओवादीमा रहेका बिकले आफूले गल्ती गरेको र यो झमेलाबाट मुक्त गरे तत्काल कॅाग्रेस प्रवेश गर्ने प्रतिबद्धता ब्यक्त गरेको समेत चर्चा छ ।
ती महिलासँग विकको विगत देखी नै हिमचिम हुँदै आएको स्थानीयको दाबी छ
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस