Techie IT

रंगेहात पक्राउ परेका नेता बिक पार्टीबाट निष्कासित


अछाममा महिला सँग रंगेहात पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका एक नेता पार्टीबाट निष्कासित भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा महिलासँग रंगेहात पक्राउ परेका पदम विकलाई पार्टीबाट निष्कासित गरिएको हो ।

विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इन्चार्ज तपेन्द्र तिमिल्सैनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा महिलासँग रंगेहात पक्राउ परेका विकलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्ति :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस