सामुदायिक अगुवाहरूको प्रगति समीक्षा : प्रजनन स्वास्थ्यबारे सचेत बन्दै किशोरी

सामुदायिक अगुवा तथा च्याम्पियनहरूको प्रगति समीक्षा बैठक साँफे बगरमा सम्पन्न भएका छ ।
बैठक मा सामुदायिक अगुवा तथा च्याम्पियन हरुले प्रजनन स्वास्थ्य सुरक्षित गर्भपतन सेवाका बारेमा गाउँ पालिका र समुदाय स्तरमा भए गरेका कामको बारेमा छलफल गरेका थिए । समुदायमा तीन महिनाको अवधिमा अगुवा तथा च्याम्पियनहरुले गरेका क्रियाकलाप र प्रगतिको बारेमा समीक्षा तथा छलफल गरिएको छ ।
समुदाय तथा बिकट गाउँ बस्तीमा अझै यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धि चेतनाको अभावलाई सकारात्मक परिवर्तन ल्याउन र समस्या समाधानको लागि समस्या पहिचान गर्न व्यापक छलफल गरिएको छ ।
सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था र सेवा प्रवाह को बारे मा पनि छलफल गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य सुरक्षित गर्भपतन, लैङ्गिक हिंसा सामाजिक कुरीति कुसंस्कार विसङ्गति अन्त्यको लागि पनि समुदाय अगुवा तथा च्याम्पियन हरुले खेल्नुपर्ने भूमिका बारेमा पनि छलफल गरिएको छ ।
यस्तै बैठकमा सामुदायिक अगुवा तथा च्याम्पियन हरुले समुदायका महिला तथा किशोरी हरुका समस्या समाधान को लागि त्रैमासिक कार्य योजना सहित तयार पारेको छ ।
आई पास नेपालको आयोजनामा भएको प्रगति समीक्षा बैठक को सहजीकरण आई पास नेपालका पारस फुयाँल, शिखा बस्नेत, प्रदीप अर्यालले गर्नु भएको थियो ।
बैठकको उद्देश्य बारे जानकारी तथा बैठकको सञ्चालन आई पास नेपालका जिल्ला संयोजक उपेन्द्र कुवरले गर्नु भएको थियो ।
प्रगति समीक्षा बैठकमा मेल्लेख चौर पाटी र बान्निगडि जय गढ गाउँपालिका २४ जना सामुदायिक अगुवा तथा च्याम्पियन हरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस