अछाममा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि

अछाममा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना परीक्षण गरिएकोमा २ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले रेडियो बान्निगढीलाइ जानकारी दिनुभयो ।
आज थपिनेमा साँफेबगर नगरपालिकाका २९ वर्षका एक पुरुष र बान्निगढी जयगढ गाउँपालिकाका ५० वर्षका एक पुरुषमा कोरोना सङ्क्रमण भएको हो ।
जिल्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भयसँगै पछिल्लो समय कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ पुगेको छ ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार ५ सय ७८ जनाको परीक्षण गरिएकोमा ६ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
यस अघि हिजो बिहीबार जिल्ला अस्पतालमा एक जना कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको छ ।
गत माघ २७ गतेसम्म १६ सय ७० जना कोरोना सङ्क्रमित भई सबै सङ्क्रमित निको भई घर फर्केकोमा पुनः जिल्लामा कोभिड–१९ का सङ्क्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस