पत्रकार कल्याणकारी कोषमा ३० हजार सहयोग घोषणा

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अछामले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि ३० हजार सहयोग घोषणा भएको छ ।
अप्ठेरोमा परेका महासङ्घमा आबद्ध जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीको सहयोगार्थ पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय अनुसार कोषमा उक्त सहयोग घोषणा भएको हो । पत्रकार कल्याणकारी कोषका लागि नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
जिल्ला शाखाका वर्तमान सल्लाहकार समेत रहेका तिमिल्सैनाले कोषलाई बलियो बनाउन आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । यस्तै नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका पूर्व अध्यक्ष यज्ञराज ढुङ्गानाले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
यसैबिच जिल्ला शाखा अध्यक्ष खम्म खत्रीले नगद ५ हजार, पत्रकार शिवराज खत्रीले ५ हजार, मंगलसेन नगरपालिका वडा नम्बर ७ घर भई हाल कोरियामा रहेका एकिन्द्र खड्काले ५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश परिषद् सदस्य रहेका अछामका पुराना पत्रकार ढुङ्गानाले कोषका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अछामले बुधवारको दोस्रो बैठक मार्फत जिल्ला स्थित महासङ्घ सँग आबद्ध क्रियाशील पत्रकार तथा सञ्चारकर्मीलाई अप्ठेरो पर्दा सहयोग गर्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस