नन्दा माविका शिक्षक विद्यार्थीमा ज्वरो,खोकी लगायत लक्षण

नन्दा माद्यामिक विद्यालय कालिकामा शिक्षक र विद्यार्थीमा ज्वरो,खोकी र टाउको दुुख्ने लक्षण देखिएको छ ।
विद्यालयमा अध्ययनरत दर्जन बढी विद्यार्थी र केही शिक्षकमा यस्तो लक्षण देखिएको हो ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा रहेको नन्दा माद्यामिक विद्यालयमा अध्ययनरत दर्जन बढी विद्यार्थीमा ज्वरो,खोकी, टाउको दुख्ने र घाटी दुख्ने लगायतका लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक सुरत बहादुर रावलले बताउनुभयो ।
विद्यार्थीमा र शिक्षकमा स्वास्थ्य समस्या देखिए पछि विद्यालयको पठन पाठन के कसरी अगाडी बढाउने भन्ने बिषयमा आवश्यक छलफल भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपटराज ढुंगानाको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक सुरत रावलका अनुसार शिक्षक र विद्यार्थीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेसँगै विद्यालयमा आवश्यक सतर्कता बढाइएको छ भने लक्षण देखीएका शिक्षक र विद्यार्थीको कोरोना जाँचका लागी गाउँपालिकालाई आग्रह गरिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस