कोरोना कहर : बान्नीगढीका ४ जनामा सङ्क्रमण

अछाम जिल्लामा पनि पछिल्लो समय कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ ।
जिल्लाका विभिन्न ठाउँमा दिनानुदिन दिन नयाँ व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ ।
यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाका ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
दोस्रो चरणको कोरोना लहर फैलिँदै गए सँगै बान्नीगढी जयगढ गाउँपालिकाका ४ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
४ जना मध्य २ जनाको धनगढीमा उपचार भइरहेको छ । १ जनाको बयालपाटा अस्पताल र १ जना होम आइसोलेसनमा रहेको बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक वसन्त रावलले बताउनुभयो ।
रावलका अनुसार कोरोना सङ्क्रमण देखिएका मध्य वडा नम्बर ६ दर्नाका पुरुष साता दिन अघि भारतबाट फर्किएका हुन् ।
यस्तै अन्य कोरोना सङ्क्रमण देखिएका मध्य १ जना जनप्रतिनिधि , १ जना स्वास्थ्यकर्मी र १ जना यातायात व्यवसायी रहेको खुलेको छ ।
कोरोना सङ्क्रमण देखिएका ४ जनामा साता दिन अघि नै कोरोना पुष्टि भएको थियो । सोमबार मध्यान्नसम्मको तथ्याँक अनुसार अछाम जिल्लामा बान्नीगढी जयगढ गाउँपालिकाका ४ जना संगै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस