बान्नीगढी गाउँपालिकामा कोरोना अस्पताल र स्टाफ नर्स छन् -उपचार छैन

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको भए पनि कोरोना सङ्क्रमितको उपचार भने हुन सकेको छैन ।
गाउँपालिकाका ५ शय्याको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार हुन नसकेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक वसन्त रावलका अनुसार कोरोना अस्पतालमा दक्ष चिकित्सक नहुँदा सङ्क्रमितको उपचार सुरु हुन नसकेको हो ।
अस्पताल सञ्चालनका लागी २ जना स्टाफ नर्स भर्ना गरिएको भए पनि कोरोना सङ्क्रमितको उपचारका लागी आवश्यक पर्ने भेन्टिलेटर,अक्सिजन र दक्ष चिकित्सक नहुँदा सङ्क्रमितलाई उपचारका लागी अन्त पठाउनु पर्ने बाध्यता रहेको स्वास्थ्य शाखा प्रमुख रावलले बताउनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकामा ५ शय्याको कोरोना अस्पताल निर्माण गरी २ जना कर्मचारी समेत भर्ना गरिएको छ ।
१ महिना अगाडी नै कोरोना अस्पतालका लागी २ जना स्टाफ नर्स गाउँपालिकाले भर्ना गरेको थियो ।
कोरोनाको दोस्रो लहर सुरु भएसंगै बान्नीगढी जयगढ गाउँपालिकामा हाल ४ जनामा कोरोना संक्रमण देखीएको छ ।
संक्रमण देखीएका मध्य २ जनाको धनगढीमा १ जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने १ जना होम आईसोलेसन रहेका छन् ।
गाउँपालिकाले वडा नम्बर ४ तिमिल्सैनमा ५ शय्याको कोरोना अस्पताल निर्माण गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस