Techie IT

नेकपा एमालेको विस्तारित बैठक तुर्माखादमा सम्पन्न


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तुर्माखाद गाउँ पालिकाको विस्तारित बैठक विभिन्न निर्णय गर्दै तुर्माखाद सम्पन्न भएको छ ।

विस्तारित बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुवरले कम्युनिस्ट पार्टी विधि विधान प्रणाली अनुसार सञ्चालन हुने भएकोले त्यसै अनुसार पार्टी नेता कार्यकर्ताले काम गर्न आग्रह गर्नु भयो ।

कम्युनिस्ट कार्यकर्तामा वर्गीय चिन्तन हुनु पर्ने बताउँदै अध्यक्ष कुवरले पार्टी विभाजनको पक्षमा नलागेर पार्टी एकताको लागि गाउँ बस्ती बाट दबाब दिनु पर्ने बताउनु भयो ।

प्रदेश कमिटी सदस्य एंब संविधान सभाका सदस्य भरतबहादुर साउदले बिकटका बस्तीको विकास गर्नका लागि उत्पीडित क्षेत्रका जनता कम्युनिस्ट पार्टीमा सङ्गठित हुनु पर्ने बताउनु भयो ।

विस्तारित बैठकमा प्रदेश कमिटी सदस्य बमबहादुर बि सी भक्त बहादुर शाह जिल्ला कमिटी सचिव नौराज साउद उपसचिव डबल चलाउने कार्यालय सचिव नमराज न्यौपाने तुर्माखाद गाउँ पालिकाका इन्चार्ज कुलबहादुर शाही ढ्कारी गाउँ पालिकाका इन्चार्ज शेरबहादुर बुढा सचिवालय सदस्य एंब प्रेस चौतारीका केन्द्रीय सदस्य राजेन्द्र कुवर जिल्ला कमिटी सदस्य दयाराम बुढा मायाराम जोशी युवा सङ्घका केन्द्रीय सदस्य भूपेन्द्र बुढा लागाएतका वक्ताले शुभकामना दिनु भएको थियो ।

विस्तारित बैठकले तुर्माखाद गाउँ पालिकामा लिला राम न्यौपाने अध्यक्ष सुशीला शाही दुर्गा टमटा कर्णाखर देवकोटा उपाध्यक्ष चन्द्र प्रसाद जैसी सचिव निरक सुनार कृष्ण विष्ट नरबहादुर बि सी दिनेश जैसी रूपराज जोशी उपसचिव रहेको ४३ सदस्यीय कमिटी गठन गरेको जिल्ला उपसचिव डबल बहादुर चलाउनेले बताउनु भयो ।

तुर्माखाद गाउँ पालिका विस्तारित बैठकको अध्यक्षता इन्चार्ज कुलबहादुर शाहीको सञ्चालन देवीराम जैसी झंकर बुढाले स्वागत गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!