Techie IT

अछाममा एकै विद्यालयका १५ जना बिद्यार्थीमा कोरोना पुष्टी


नन्दा माद्यामिक बिद्यालय कालिकाका १५ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा रहेको नन्दा माद्यामिक बिद्यालयमा अध्ययनरत १५ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ जनाको एन्टिजोन बिधिबाट कोरोना परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताउनुभयो ।

संक्रमण देखिएका मध्य १० जना छात्र र ५ जना छात्रा रहेका छन भने उनीहरु बिद्यालयको छात्रावास बस्दै आएका छन् ।

बिद्यालयमा अध्ययनरत बिद्यार्थि र शिक्षकमा ज्वरो आउने,खोकि लाग्ने लगायतका लक्षण देखा परे पश्चात सोमवार उनीहरुको कोरोना परिक्षण गरिएको हो ।

बिद्यालयका अन्य शिक्षक,बिद्यार्थिको पिसिआर जाँचका लागी स्वाव संकलन भईरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!