Techie IT

बान्नीगढी गाउँकार्यपालिकाको आकस्मिक बैठक बोलाइयो


बान्नीगढी जयगढ गाउँ कार्यपालिकाको आकस्मिक बैठक बोलाइएको छ ।

गाउँपालिकाको एकै विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएसँगै कोरोना नियन्त्रणबारे आवश्यक निर्णय गर्न कार्यपालिकाको आकस्मिक बैठक बोलाइएको हो ।

नन्दा माद्यामिक विद्यालय कालिकामा अध्ययनरत २५ विद्यार्थीमा एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जना विद्यार्थीमा कोरोना सङ्क्रमण भेटिएको छ भने अन्य शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

यस्तै गाउँपालिकाका अन्य ४ जनामा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै बान्नीगढी जयगढ गाउँपालिकामा २० जनामा सङ्क्रमण पुष्टि भएपछि समुदाय स्तरसम्म कोरोना फैलिएको दाबी गरिएको छ ।

समुदाय स्तर सम्म कोरोनाको सङ्क्रमण फैलिएको दाबी गरिएसँगै सङ्क्रमण रोकथामका लागी आवश्यक रणनीति निर्माण तथा निर्णय गर्न आकस्मिक कार्यपालिका बैठक बोलाइएको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष साउँदका अनुसार आकस्मिक कार्यपालिका बैठकमा कोरोना अस्पताल सञ्चालन,कोरोना अस्पतालमा बेड थप र स्थानीय विद्यालयलाई करेन्टाईन बनाउने लगायत बिषयमा छलफल गरिने छ ।

कोरोना सङ्क्रमण देखीएका तर लक्षण नदेखीएकालाई होम आइसोलेसन र सङ्क्रमण सँगै लक्षण देखिएकाको उपचारका लागी कोरोना अस्पतालमा बेड थप गर्ने , अपुग भएमा विद्यालयलाई समेत करेनटाईनको रुपमा बिस्तार गर्ने लगायत आवश्यक बिषयमा निर्णय गर्न आकस्मिक बैठक बोलाइएको उपाध्यक्ष साउँदले रेडियो बान्नीगढीलाई जानकारी दिनुभयो ।

आकस्मिक बैठक अहिले केहिबेरमा सुरु हुने छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!