नेकपा एमालेको बिस्तारित बैठक कमलबजारमा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले ) कमलबजार नगरपालिकाको बिस्तारित बैठक विभिन्न निणर्य गर्दै सम्पन्न भएको छ ।
खेमराज जैशीको अध्यक्षतामा भएको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवर रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले पार्टी एकताको पक्षमा गाउँ गाउँ बाट दबाब सृजना गरि कम्युनिस्ट आन्दोलन जोगाउनु पर्नेमा जोड दिनु भएको छ ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य एंब संविधान सभाका सदस्य भरतबहादुर साउदले अछाम जिल्लाको चौतर्फी बिकासका लागि आफु र आफ्नो पार्टी निरंन्तर लागि रहेको बताउनु भयो ।
बिस्तारित बैठकमा जिल्ला कमिटी उपाध्यक्ष बलबहादुर कुवर सचीव नौराज साउद कार्यालय सचीव नमाराज न्यौपाने जिल्ला सचिवालय सदस्य कमलबजार नगरपालिका इन्चार्ज दिपक अधिकारी लगायतका अतिथि रहनु भएको थियो ।
बैठकबाट कमबजार नगरपालिकाको नगर कमिटीमा अध्यक्ष खेमराज जैशी उपाध्यक्ष जगन्नाथ बजगाइ सचीव लोकेन्द्र रावत उप सचीव योगेन्द्र ढकाल पदाधिकारी रहने गरि ५१ सदस्यीय गठन गरिएको जिल्ला उपाध्यक्ष बलबहादुर कुवरले जानकारी दिनु भयो ।
जीवन थापाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन लोकेन्द्र बहादुर रावतले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस