Techie IT

एक हप्ताका लागि चौरपाटी गाउँपालिकाका शैक्षिक संस्था बन्द गरिने


चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको २२ औँ बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले वैशाख १६ गते देखि एक हप्ताका लागि गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिम रही पुनः भयाबह स्थिति हुने देखिरहेकोले शैक्षिक संस्था एक हप्ता लकडाउन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनु भयो ।

साथै कोरोना भाइरस कोभिड १९ उच्च जोखिमलाईका साथै वार्षिक परीक्षा तयारीका लागि वैशाख १६ गते सर्वपक्षीय भेला गर्ने निर्णय गरेको छ ।

भेलामा राजनैतिक दलका प्रमुख प्रतिनिधि, सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख प्रतिनिधि, गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, महिला सञ्जाल,दलित नेटवर्क तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!