Techie IT

कम्युनिस्ट चरित्र र भावना अनुसार अघि बढ्न कार्यकर्तालाई अध्यक्ष कुँवरको आग्रह


नेपाल कम्युनिष्ट (एमाले ) पंचदेवल विनायक नगरपालिकाको विस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

विस्तारित बैठकमा प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले पार्टी एकताका लागि स्थानीय तहका नेता कार्यकर्ताले एकजुट भएर दबाब दिनु पर्ने बताउनु भयो ।

नवौँ महाधिवेशनको विधि विधान र राजनीतिक दस्ताबेजलाई पालना गरी अघि बढ्नु पर्ने बताउँदै अध्यक्ष कुवरले कम्युनिस्ट चरित्र र भावना अनुसार अघि बढ्न सबै तहका नेता कार्यकर्ता लाई आग्रह गर्नु भयो ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटीका सदस्य एंब संविधान सभाका सदस्य भरतबहादुर साउदले निकै मेहनत गरेर निर्माण गरेको पार्टीको सङ्गठन ध्वस्त पार्ने अधिकार कसैलाई नभएको बताउनु भयो ।

पंचदेवल विनायक नगरपालिकाको विस्तारित बैठकमा प्रदेश कमिटी सदस्य बमबहादुर बि सी नन्दबहादुर कडायत जिल्ला कमिटी सचिव नौराज साउद जिल्ला कमिटी उप सचिव प्रेमबहादुर खत्री कार्यालय सचिव नमराज न्यौपाने पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज योगेन्द्र विष्ट जिल्ला सचिवालय सदस्य एंब पंचदेवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेन्द्र बहादुर शाही सचिवालय सदस्य तीर्थ ढकाल एंब प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राजेन्द्र कुवर सचिवालय सदस्य एंब उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य ललित ढोली जिल्ला सचिवालय सदस्य एंब महिला नेत्री तारा कडायत युवा सङ्घका अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष सुरेश न्यौपाने अनेम सङ्घ जिल्ला सचिव निता साउद लगायतका बत्ताले शुभकामना दिनु भएको थियो ।

विस्तारित बैठकले अध्यक्ष ललित शाही उपाध्यक्ष पहल सुनार सचिव द्वारिका अधिकारी उप सचिव छत्रबहादुर शाही रहेको ७१ सदस्यीय नगर कमिटी गठन गरेको नगर इन्चार्ज योगेन्द्र विष्टले बताउनु भयो । बैठकले युवा सङ्घ नेपालको नगर कमिटी भूपेन्द्र शाही अध्यक्ष उपाध्यक्ष उपेन्द्र रावल सचिव दीपेन्द्र अधिकारी सहित ५१ सदस्यीय गठन गरेको छ ।

त्यसै गरी अनेम सङ्घ नगर अध्यक्ष कृष्णा न्यौपाने उपाध्यक्ष कृष्णा बि क सचिव भावना जैसी न्यौपाने उपसचिव तुलसी कडायत पदाधिकारी रहने गरी ५१ सदस्यीय कमिटी गठन गरेको छ । ललित शाहीको अध्यक्षतामा भएको विस्तारित बैठकमा छत्र शाहीले स्वागत द्वारिका अधिकारीले सञ्चालन गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!