Techie IT

बान्नीगढीमा एकै गाउँका २० जनामा कोरोना : सङ्क्रमितको सङ्ख्या ४० पुग्यो


बान्नीगढी जयगढ गाउँपालिकामा एकै गाउँका २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गाउँपालिकाको वडा नम्बर ६ दर्ना पाटेखेतका २० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

पाटेखेतका २१ जनाको परीक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण देखिएको बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक वसन्त रावलले बताउनभयो ।

यससँगै बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ ।

सोमवार नन्दा माद्यामिक बिद्यालयका १६ जना विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको थियो भने शिक्षकहरुको पिसिआर रिपोर्ट आउन बाँकी छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस