Techie IT

स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागी तयार छौँ : नगर प्रमुख कुँवर


साँफेबगर नगरपालिकामा सङ्कट व्यवस्थापन केन्द्रको चौथो बैठक सम्पन्न भएको छ ।

नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रमुख कुँवरले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागी नगरपालिका तयार रहेको बताउनुभयो । बैठकले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढ्दै गएकाले नगरपालिकामा नागरिकलाई सचेत गराउन विभिन्न निर्णय गरेको छ ।

बयालपाटा अस्पतालमा अक्सिजन प्लान्टको व्यवस्था गर्ने, घर बाहिर निस्किदा मास्क अनिवार्य लगाउनु पर्ने, २५ जना भन्दा धेरै मानिस एउटै ठाउँमा भेला नगर्ने, नगराउने, कोरोना भाईरस विरुद्धको सचेतनाका लागी माइकिङ गर्ने लगायतको निर्णय गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, जिल्ला समन्वय समिति सदस्य लक्ष्मी शाह, सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा, सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा सशस्त्र प्रहरी बल गुल्म नेपालका प्रमुख जगदिश जोशी, सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा इलाका प्रहरी कार्यालय कार्यालय साँफेबगरका प्रमुख सुरेन्द्र प्रसाद जोशी, सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा नगर स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज शिव बहादुर कुँवर सिलोज, नेपाली काँग्रेसका सभापति गोकुल भाट, नेकपा माओवादी केन्द्रका टंक बहादुर रावल, साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालगिरी कुँवर, वडा नम्बर ३ का अध्यक्ष कृष्ण बहादुर बुढा, वडा नम्बर ७ का अध्यक्ष मिठ्ठु सिंह भाट, बयालपाटा अस्पतालका डाक्टर मन्दिप पाठक लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!