Techie IT

कोरोनाले बान्नीगढीका १ जनाको मृत्यु


कोरोना सङ्क्रमणका कारण बान्नीगढी जयगढ गाउँपालिकाका १ जना पुरुषको मृत्यु भएको छ ।

वडा नम्बर ५ कालिका बाहुन गाउँका लोगराज ढुङ्गाना (उपाध्याय) को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

हाल टिकापुरमा रहँदै आएका ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको छोरा नारायण ढुङ्गानाले बताउनुभयो ।

मृतकको आज कैलाली टिकापुरमा अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका लोगराज ढुङ्गाना बान्नीगढी जयगढ गाउँपालिकाका चर्चित पुरोहित हुन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस