बान्नीगढीमा कोरोना कहर : के भन्छन् अधिकृत जोशी (कुराकानी सहित )

बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले गाउँपालिकामा लकडाउन गर्ने सङ्केत गर्नु भएको छ ।
गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेसंगै आवश्यक परे गाउँपालिका लक डाउन गर्ने अधिकृत जोशीले सङ्केत गर्नु भएको हो ।
हाल सम्म गरिएको परिक्षणमा एकै विद्यालयका १६ जना विद्यार्थी र एकै टोलका २० जनामा कोरोना सङ्क्रमण देखिएसँगै गाउँपालिका सङ्क्रमण रोकथामका लागी गम्भीर बनेको उहाँले दाबी गर्नुभयो ।
अधिकृत जोशीका अनुसार समुदाय स्तरसम्म फैलिएको कोरोना रोकथामका लागी छलफल सहित आवश्यक निर्णय गर्न शुक्रवार गाउँपालिकामा बैठक बोलाइएको छ ।
२१ जनामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिनु र एकै विद्यालयका १६ जना विद्यार्थीमा सङ्क्रमण पुष्टि हुनु यस्तै स्वास्थ्यकर्मी,जनप्रतिनिधि आम नागरिकमा सङ्क्रमण पुष्टिले खतराको सङ्केत गरेको बताउँदै अधिकृत जोशीले कोरोना सङ्क्रमण रोकथामका लागी आम नागरिक नै जागरूक बन्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकामा सङ्क्रमणको दर नियन्त्रण गर्न अनिवार्य रुपमा मास्कको सही ढङ्गले प्रयोग गर्न,भिडभाड नगर्न,भौतिक दुरी कायम गर्न र अनावश्यक काममा घर बाहिर ननिस्कन समेत अधिकृत जोशीमा गाउँपालिका बासीमा आग्रह गर्नु भएको छ ।
यस्तै हालसालै कोरोना प्रभावित क्षेत्र तथा जिल्ला बाहिरबाट भित्रिएका तथा भित्रिँदै गरेका नागरिकलाई स्वस्फुर्त रुपमा १ हप्ता होम करेन्टाईनमा बस्न समेत अनुरोध गर्नुभयो ।
समुदाय स्तरसम्मै फैलिएको कोरोना नियन्त्रणका लागी परीक्षणको दायरा बढाउनु नै उत्तम विकल्प हुने बताउँदै यसका लागी गाउँपालिका आवश्यक तयारीमा जुटेको उहाँको भनाइ छ ।
हाल बान्नीगढी जयगढ गाउँपालिकामा नन्दा माद्यामिक विद्यालयका १६ जना विद्यार्थी,वडा नम्बर ६ दर्ना पाटेखेतका २० जना , १ जना जनप्रतिनिधि,१ जना स्वास्थ्यकर्मी र २ जना नागरिक गरी ४० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस