कोरोना नियन्त्रण बाहिर जाने जनस्वास्थ्य अधिकृत ढुंगानाको चेतावनी

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले नागरिकहरू सजग नबने कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जाने चेतावनी दिनुभएको छ ।
जिल्लामा दैनिक कोरोनाका सङ्क्रमित थपिँदै गएको बताउँदै अधिकृत ढुङ्गानाले अव पनि नागरिक सचेत नबने अछाममा कोरोना नियन्त्रण बाहिर जाने चेतावनी दिनु भएको हो ।
रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै अधिकृत ढुङ्गानाले सङ्क्रमणको दर बढे अनुसार व्यवस्थापनमा निकै चुनौती देखिएको बताउनु भएको छ ।
जिल्लामा सङ्क्रमितको दर दिनानुदिन बढ्दै गइरहेको अवस्थामा आवश्यक कोरोना अस्पताल,आइसोलेसन वार्ड,अक्सिजन,भेन्टिलेटर र दक्ष जनशक्तिको अभाव रहेकाले नागरिकहरू कोरोना सङ्क्रमण रोकथामका लागी जुट्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
जिल्लामा विद्यालयमा अध्ययनरत विद्यार्थीमा ,जनप्रतिनिधिमा,स्वास्थ्यकर्मीमा,एकै गाउँका २० जनामा कोरोना सङ्क्रमण देखिनुले समुदाय स्तरसम्म कोरोना फैलिएको पुष्टि भएको ढुंगानाको भनाई छ ।
स्थानीय तहहरूले कोरोना अस्पताल निर्माण तथा परीक्षणको दायरा बढाउन आवश्यक तयारी अविलम्ब गर्नुपर्नेमा जोड दिँदै उहाँले यस विषम परिस्थितिमा प्रत्येक नागरिकले सङ्क्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने बताउनुभयो ।
सङ्क्रमण रोकथामका लागी अनावश्यक रुपमा घर बाहिर ननिस्कने,अनिवार्य रुपमा सही रूपले मास्कको प्रयोग गर्ने,भौतिक दुरी कायम गर्ने,भिडभाड तथा मेला पूर्ण रुपमा रोक्नुपर्नेमा अधिकृत ढुंगानाको जोड छ ।
यस्तै हालसालै जिल्ला बाहिर तथा कोरोना प्रभावित क्षेत्रबाट आएका तथा आउँदै गरेका नागरिक अनिवार्य रुपमा साता दिन बढी सेल्फ करेन्टाईनमा बस्न समेत उहाँले आग्रह गर्नु भएको छ ।
कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस