शिक्षक र स्वास्थ्यकर्मी गरी बान्नीगढीका थप ५ जनामा कोरोना

बान्नीगढी जयगढ गाउँपालिकाका थप ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
गाउँपालिका ४ जना शिक्षक र १ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको हो ।
नन्दा माद्यामिक विद्यालय कालिकाका ४ जना शिक्षकमा र जयगढ बजारमा मेडिकल सञ्चालन गर्दै आएका १ जना स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण देखिएको बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक वसन्त रावलले जानकारी दिनुभयो ।
उनीहरू सबैको पिसिआर परीक्षण गरिएको थियो । यससँगै बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ ।
नन्दा माद्यामिक विद्यालयका १६ जना विद्यार्थी,४ जना शिक्षक,वडा नम्बर ६ दर्ना पाटेखेतका २० जना नागरिक,गाउँपालिका भित्रका २ जना स्वास्थ्यकर्मी,१ जना जनप्रतिनिधि र २ जना सर्वसाधारण गरी कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो ।
यस्तै बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न वडामा ज्वरो,रुघाखोकी लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण थुप्रै सर्वसाधारणमा देखिएको छ । भने जयगढ बजारमा रहेका मेडिकलमा समेत बिरामीको भिड लाग्न थालेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस