संक्रमण पुष्टि भएको केहि घण्टामै अछाममा १ बालिकाको मृत्यु

अछाममा १ बर्षीया बालिकाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
बिहिवार बिहान बयालपाटा अस्पतालमा उपचारका पुर्याईएकि कमलबजार नगरपालिकाका एक बालिकाको ज्यान गएको हो ।
अस्पताल स्रोतका अनुसार बिहिवार बिहान ११ बजे अस्पताल पुर्याईएकि बालिकाको कोरोना संक्रमण पुष्टि भएको केहि घण्टा नबित्दै ज्यान गएको हो ।
कमलबजार नगरपालिका घर भएकि ति बालिकालाई बिहिवार अस्पताल पुर्याईएकोमा कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
श्वास प्रसासमा समस्या र ज्वरोको समस्या देखीए पछि उनलाई बयालपाटा अस्पतालमा भर्ना गरिएको थियो ।
केहि दिन पहिले बालिका र उनका आफन्त भारतबाट फर्किएको बताईएको छ ।
यसै बिच बयालपाटा अस्पतालका मेडिकल सर्जिकल निर्देशक मन्दीप पाठकले कोरोना लहरको दोस्रो चरण डर लाग्दो रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गर्दै सजग रहन सर्वसाधारणमा आग्रह गर्नु भएको छ ।
कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा निकै हानिकारक भएका कारण हेलछेक्र्याई गर्न नहुनेमा जोड दिदै डाक्टर पाठकले अनावश्यक रुपमा घर बाहिर ननिस्कन,अनिबार्य रुपमा सहि तरिकाले मास्कको प्रयोग गर्न,भिडभाड तथा मेलामा नजान तथा भिडभाड र मेला नगर्न र सावुन पानिले बेला बेलामा हात धोईराख्न सवैमा अपिल गर्नु भएको छ ।
पनि नागरिकहरुले कोरोनालाई हेल्छेक्र्याईका साथ हेर्ने गरेको तथा अस्पतालमा आउदा समेत मास्कको प्रयोग नगरी आउने गरेको जस्ता कारणहरुले संक्रमणको दर झनै बढ्न सक्ने उहाले बताउनुभयो ।
अछाममा कोरोना संक्रमणको आकडा हेर्दा समुदायस्तरसम्म संक्रमण फैलिसकेको देखीएकाले स्वयम परिकारका सदस्य,आफन्त बिचमा समेत भौतिक दुरी कायम गर्न सकेत डाक्टर पाठकले सुझाव दिनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस