बान्नीगढीका काँग्रेस नेता रावलको निधन : कोरोना सङ्क्रमणको आशङ्का

बान्नीगढी जयगढ गाउँपालिकाका काँग्रेस नेता टंक रावलको निधन भएको छ ।
कोरोना आशङ्का गरिएका रावलको उपचारका लागी नेपालगन्ज लैजा लैजादै गर्दा दैलेखको टुनिबगरमा निधन भएको हो ।
भारतबाट करिब २ साता अगाडी आएका रावलमा सातादिनदेखी ज्वरो,रुघाखोकी लगायत स्वास्थ्य समस्या देखिएको स्थानीय शिक्षक धिरेन्द्र रावलले बताउनुभयो ।
शिक्षक रावलका अनुसार भारतबाट हालसालै फर्किएका ५४ वर्षीय नेता रावल घरमै रहँदै आएकोमा साता दिन देखी उनमा स्वास्थ्य समस्या देखिएको थियो ।
स्थानीयहरूले कोरोनाका कारण नै उनको निधन भएको आशङ्का गर्दै कोरोना सङ्क्रमण जाँच गरिदिन गाउँपालिकालाई अनुरोध गरेका छन् ।
गाउँपालिकाले भने निधन भइसकेको व्यक्तिको कोरोना जाँच गर्न नसक्ने जनाएको बताइएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक वसन्त रावलले भने निधन भइसकेका व्यक्तिको अस्पतालहरूले मात्र कोरोना परीक्षण गर्ने व्यवस्था भएका कारण उनको परीक्षण गर्न नसकिने बताउनु भएको छ ।
यद्यपि उनको शव व्यवस्थापनका लागी मृतकका आफन्तलाई गाउँपालिकाले ४ वटा पिपिई सेट भने उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिनुभयो ।
यस अघि बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा रहेको नन्दा माद्यामिक विद्यालयका कोरोना सङ्क्रमण पुष्टि भएका बिद्यार्थीहरु नेता रावलका छिमेकी हुन ।
नेता टंक रावल नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय कार्य समिति सदस्य हुन् ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस