बान्नीगढीमा कोरोना रोकथामबारे प्रहरीद्वारा माइकिङ

बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना रोकथामका लागी प्रहरीले माइकिङ सुरु गरेको छ ।
गाउँपालिकामा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले नियन्त्रणका लागी जनचेतना दिन माइकिङ सुरु गरिएको हो ।
जयगढ प्रहरी चौकीका इन्चार्ज रमेशराज भट्ट नेतृत्वको टोलीले आज सबै भन्दा बढी सङ्क्रमण देखिएका कालिका र दर्नाका विभिन्न ठाउँमा कोरोना रोकथामका लागी अपनाउनु पर्ने उपायबारे जनचेतना दिँदै माइकिङ गरेको बताइएको छ ।
कालिका र दर्नाका विभिन्न गाउँ ,टोल तथा सार्वजनिक स्थलमा गई कोरोना रोकथामका लागी सही रुपमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न,अनावश्यक रुपमा घर बाहिर ननिस्कन,आग्रह गरिएको छ ।
यस्तै बेलाबेलामा साबुन पानीले हात धुन, भिडभाड तथा मेला नगर्न र व्यक्ति व्यक्तिबिचको भौतिक दुरी कायम गर्न आग्रह सहित माइकिङ गरिएको प्रहरी चौकी जयगढका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्टले बताउनुभयो ।
कोरोना रोकथामका लागी माइकिङ अभियान अझै जारी रहने बताईएको छ ।
हालसम्म बान्नीगढी जयगढ गाउँपालिकामा ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस