बान्नीगढीमा १८ जना सङ्क्रमित थपिए

बान्नीगढी जयगढ गाउँपालिकामा शुक्रवार थप १८ जनामा सङ्क्रमण देखिएको छ ।
गाउँपालिका र बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा गाउँपालिकाका थप १८ जनामा सङ्क्रमण देखिएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ कालिकामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक वसन्त रावलले बताउनु भयो ।
रावलका अनुसार कालिकामा २४ जनामा गरिएको एन्टिजेन्ट परीक्षणका क्रममा १६ जनामा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमण देखिनेमा २ जना पुरुष र १४ जना महिला रहेका छन् । जसमा २ जना विद्यार्थी छन् । यस्तै बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा २ जनामा सङ्क्रमण देखिएको छ । जसमा १ जना स्वास्थ्यकर्मी समेत रहेका छन् ।
यस संगै बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस