मंगलसेनका सबै स्वास्थ्य संस्थामा कोरोना परिक्षण गरिदै

कमल रावल, बैशाख १७ अछाम
मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा कोरोना परिक्षण गर्ने भएको छ ।
१३ वटा वडामा सम्बन्धीत स्वास्थ्य चौकी र मंगलसेन नगरपालिका ५ का नागरिकको जिल्ला अस्पतालमा एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
बैशाख १८ गतेदेखि २२ गतेसम्म परिक्षण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनु भयो ।
जस अनुसार बैशाख १८ गते वडा ३,४ र १४ नम्बर, १९ गते १, २ र १२ नम्बर, २० गते वडा नम्बर १०,११ र १३ नम्बर, २१ गते ८,९ र १३ नम्बर र २२ गते वडा नम्बर ६ र ७ को स्वास्थ्य संस्थामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तीको परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस