Techie IT

पहिला जनता बचाऔँ जनता बाँचे विकास पछि गरौँला :अध्यक्ष बोहरा (कुराकानी सहित )


मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवश्यक परेमा विकासे बजेट कटौती गर्ने बताउनु भएको छ ।

समुदाय स्तर सम्म फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी बजेट अभाव भएमा विकासे बजेट कटौती गर्ने बोहराले बताउनु भएको हो ।

जनताको जिउ ज्यान भन्दा विकास निर्माण महत्त्वपूर्ण नहुने उहाँको भनाई छ ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै अध्यक्ष बोहराले कोरोना सङ्क्रमण रोकथाम र यसबाट मानवीय क्षति हुन नदिन गाउँपालिकाले विकास निर्माण कार्य रोकेर भए पनि आर्थिक व्यवस्थापन गर्ने तयारी गरिएको बताउनुभयो ।

गाउँपालिका क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी शुक्रवार कार्यपालिका बैठक मार्फत विभिन्न समिति तथा उप समिति गठन गरिएको बोहराले जानकारी दिनु भएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागी नागरिकहरूले आवश्यक स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले गाउँपालिकाले सक्दो स्वास्थ्य तयारी गरिरहेको बताउनुभयो ।
कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस