Techie IT

सङ्क्रमण रोकथामका लागी आवश्यक पहल गर्ने माननीय कुँवरको प्रतिबद्धता (कुराकानी सहित)


नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी आवश्यक उपकरण दक्ष जनशक्तिको व्यवस्थापन लगायत व्यवस्थापनका लागी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै माननीय तथा एमाले अछामका अध्यक्ष कुँवरले सङ्क्रमण रोकथामका लागी परीक्षणको दायरा बढाउनुपर्ने ,जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्पापनमा जोड दिनुपर्ने बताउनुभयो ।

परीक्षणका लागी आवश्यक पर्ने स्वास्थ्य उपकरण, सङ्क्रमितको उपचारका लागी आइसोलेसन वार्ड,अक्सिजन,भेन्टिलेटर लगायत व्यवस्थापनका लागी सरोकारवाला निकायसँग आफूले सहकार्य गरिरहेको कुँवरले जानकारी दिनु भएको छ ।

स्थानीय सरकारले स्वयम बजेट व्यवस्थापन गर्न नसक्ने भएकाले बजेट सहित अन्य आवश्यक उपकरण,जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकारसँग समन्वय भइरहेका उहाँले बताउनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमण रोकथामका लागी आवश्यक जनचेतना फैलाउन तथा नियन्त्रणका लागी खटिन पार्टीका नेता तथा कार्यकर्तालाई समेत अध्यक्ष कुँवरले आग्रह गर्नुभएको छ ।

कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस