बयालपाटा अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना

बयालपाटा अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ साताको अवधिमा अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुने स्वास्थ्यकर्मीमा ३ जना महिला र २ जना पुरुष रहेका छन् ।
अस्पताल स्रोतका अनुसार शनिवार मात्र थप १ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बयालपाटा अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएसँगै अस्पतालमा समेत सङ्क्रमणको जोखिम बढेको छ ।
अस्पताल प्रशासनले अत्यावश्यक बाहेकका काममा अस्पतालमा नआउन र अस्पताल आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग सहित आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी आउन अनुरोध गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस