Techie IT

बान्नीगढी गाउँपालिका : एउटै टोलका १२ जनामा कोरोना


बान्नीगढी जयगढ गाउँपालिकामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वडा नम्बर ४ तिमिल्सैनको एकै टोलका १४ जनामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक वसन्त रावलका अनुसार सङ्क्रमण देखिनेमा ५ जना महिला र ७ जना पुरुष रहेका छन् ।

यससङै बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस