Techie IT

अछाममा कोरोना संक्रमितको संख्या १ सय ४० पुग्यो


अछाम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४० पुगेको छ

दोस्रो चरणको कोरोना लहर सँगै शनिवार झाससम्म जिल्लाभरमा सङ्क्रमितको सङ्ख्या १ सय ४० पुगेको हो । जिल्लामा दोस्रो लहरको कोरोना सङ्क्रमणकै कारण जिल्ला भित्र हालसम्म २ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार हाल जिल्लामा १ सय ३८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

संक्रमितमध्य सबै भन्दा बढी बान्नीगढी जयगढ गाउँपालिकाका ७६ जनामा सङ्क्रमण देखिएको छ ।


क्याटेगोरी : कोरोना कहर, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस