दर्नाका कोरोना सङ्क्रमितलाई स्वास्थ्यकर्मीद्वारा घरमै पुगी उपचार तथा परामर्श

कोरोना सङ्क्रमण देखीएका दर्नाका सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आवश्यक परामर्श तथा औषधी वितरण गरेका छन् ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतका कोरोना सङ्क्रमण देखीएका २० जना सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य परामर्श र औषधी वितरण गरेका हुन् ।
दर्ना स्वास्थ्य चौकीका प्रमुख नारायण रिमाल र जिल्ला स्वास्थ्य कार्यालय अछामका नायव सुब्बा झपट थापा सहितको टोलीले सङ्क्रमितलाई घरदैलोमै भेटी आवश्यक स्वास्थ्य परामर्श दिएका बताइएको छ ।
दर्ना स्वास्थ्य चौकीका इन्चार्ज रिमालका अनुसार ज्वरो,पखाला लगायतका लक्षण देखिएकाहरू सङ्क्रमितलाई आवश्यक औषधी उपलब्ध गराउनुका साथै परामर्श समेत दिइएको छ ।
यस्तै टोलमा रहेका कोरोनासँग मिल्दाजुल्दा लक्षण देखीएका अन्यलाई पनि औषधी वितरण गरिनुका साथै आवश्यक सुझाव सल्लाह दिइएको रिमालले बताउनुभयो ।
सङ्क्रमितको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको रिमालको भनाई छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस