अछाममा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

अछाममा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १ पुरुषको मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा मेल्लेख गाउँपालिकाका वडा नम्बर ७ नन्देगडाका ६० वर्षीय वृद्ध रहेको छन् ।
श्वास प्रश्वासमा भएपछि आइसोलेसन वार्डमा अक्सिजन सहित उपचार भइरहेको थियो । उहाँको शनिवार राती निधन भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनुभयो ।
वैशाख १६ गते बयालपाटा अस्पतालमा कोरोना सङ्क्रमण देखीएका ती वृद्धलाई थप उपचारका लागी जिल्ला अस्पताल अछाममा भर्ना गरिएको थियो ।
कोरोनाको दोस्रो लहर सँगै अछाम जिल्ला भित्र ३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस