अछामका थप ११ जनामा कोरोना सङ्क्रमण

अछामका थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा गरिएको परीक्षणमा अछामका थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण देखिनेमा ९ जना पुरुष र २ जना महिला रहेका छन् ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी टेक बहादुर बिस्टका अनुसार कमलबजार नगरपालिकाका ५ जना पुरुष,चौरपाटी गाउँपालिकाका ३ जना पुरुष र १ महिला,ढकारी गाउँपालिकाका १ पुरुष र १ महिला गरी अछामका ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै कमलबजारमा गरिएको परीक्षणमा दैलेख आठविस नगरपालिकाका १ जना पुरुषमा समेत सङ्क्रमण देखिएको छ । यससँगै अछाममा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ सय ५१ पुगेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस