Techie IT

स्वास्थ्यकर्मी साउँदले जिते कोरोना


बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी छत्र साउँद कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमण भएको १४ दिनपछि साउँद सङ्क्रमणमुक्त भएका हुन् । बयालपाटा अस्पतालमा इमर्जेन्सी इन्चार्जका रूपमा कार्यरत साउँदलाई अस्पतालमा काम गर्ने क्रममै सङ्क्रमण भएको थियो ।

वैशाख ७ गते कोरोना सङ्क्रमण देखिएसँगै उनी आइसोलेसनमा उपचार थिए । कोरोना सङ्क्रमण पश्चात् निकै गाह्रो हुने भएकाले लापर्बाहि नगरी यसबाट जोगिनका लागी गम्भीर बन्न समेत साउँदले सवैमा आग्रह गर्नु भएको छ ।

अस्पतालमा आइसोलेसनमा उपचाररत रहेका साउँद आइतबार सङ्क्रमणमुक्त भएसँगै नियमित काममा खटिएका छन् ।

कोरोनाको दोस्रो लहर पश्चात् २ साताको अवधिमा साउद लगायत बयालपाटा अस्पतालका ५ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । सङ्क्रमणमुक्त हुन बाँकी रहेका अन्य ४ जना स्वास्थ्यकर्मी आइसोलेसनमा रहेका अस्पताल स्रोतले जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस