अछाममा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु,मृतकको सङ्ख्या ४ पुग्यो

अछाममा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
जिल्ला अस्पताल अछाममा उपचार गराइरहेका १ पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका ५० वर्षका पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनुभयो ।
जोशीका अनुसार शनिवार श्वासप्रसाद लगायत स्वास्थ्य समस्या देखिएपछि उनलाई जिल्ला अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणका क्रममा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको जोशीले बताउनुभयो ।
यसै बिच शनिवार मात्रै मेल्लेख गाउँपालिकाका एक पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । यससँगै अछाम जिल्लामा २ सातको अवधिमा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस