Techie IT

बयालपाटा अस्पतालका थप ३ जनामा कोरोना


बयालपाटा अस्पतालका कार्यरत थप ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

२ जना स्वास्थ्यकर्मी र एक जना सफाइ कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको हो । एजेन्ट विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएपछि उनीहरू अस्पतालकै आईश्वलेसन वार्डमा राखिएको अस्पताल स्रोतको भनाई छ । अस्पतालमा यसअघि पनि ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जस मध्य आइतबार एक जना सङ्क्रमण मुक्त भइसकेका छन् भने ४ जना उपचाररत छन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस