सुदूरपश्चिममा एक सातामा १५० जना सङ्क्रमितले कोरोना जिते

सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक सातामा दुई हजार ३९७ जना व्यक्ति कोरोना सङ्क्रमित हुँदा सोही अवधिमा जम्मा १५० जना संक्रमित निको भएका छन् ।
कोरोना सङ्क्रमण उच्च दरमा वृद्धि भइरहेको यो प्रदेशमा अहिले निको हुनेको सङ्ख्या भने न्यून देखिएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयको एक साताको तथ्याङ्क विश्लेषण गर्दा अहिले यो प्रदेश निको हुनेभन्दा पनि बढ्दो सङ्क्रमण हुने चरणमा रहेको देखिएको छ । अतः स्वास्थ्य सतर्कता अझ बढी अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीको जोड छ ।
निर्देशनालयका अनुसार वैशाख १८ गते २३ जना, १७ गते १९ जना, १६ गते २३ जना, १५ गते २१ जना, १४ गते ३१ जना, १३ गते १९ जना र १२ गते १४ जना सङ्क्रमित निको भएका छन् ।
प्रदेशमा एक सातामा पीसीआर विधिबाट गरिएको परीक्षणमा एक हजार ४५० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४७ गरी दुई हजार ३९७ सङ्क्रमित थपिएका छन् । प्रदेशभरि अब सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३०१ पुगेको छ ।
सुदूरपश्चिममा पीसीआर विधिबाट परीक्षण गर्दा हालसम्म १६ हजार २२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ हजार २९८ जना सङ्क्रमणमुक्त भएका छन् । एक हजार ८५२ जना भने अझै निको हुन बाँकी रहेको छ ।
यसै गरी, एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार ६६९ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक हजार २०० जना निको भइसकेका छन् । एक हजार ४४९ जना अझै निको हुन बाँकी रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस