नागरिकको जिउ ज्यानको रक्षाका लागी बजेट अभाव हुन दिन्न : नगर प्रमुख कुँवर

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले नागरिकको जिउ ज्यानको रक्षाका लागी बजेटको अभाव हुन नदिने बताउनु भएको छ ।
कोरोना सङ्क्रमणबाट नागरिकहरूको जिउ धन जोगाउन नगरपालिकाका तर्फबाट आवश्यक बजेटको अभाव हुन नदिने बताउनु भएको हो ।
रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै नगर प्रमुख कुँवरले कोरोना सङ्क्रमण नियन्त्रण गर्न नगरपालिकाका तर्फबाट आर्थिक अभाव हुन नदिने दाबी गर्नुभयो ।
नगरपालिकाको बार्षिक स्वीकृत बजेटमा भएको विकासे बजेटलाई पनि आवश्यक परेमा कोरोना सङ्क्रमण रोकथामका लागी खर्च गर्न सकिने कुँवरको भनाई छ ।
सङ्क्रमणका कारण नगरपालिकामा भयावह स्थिति सिर्जना भई बजेट अभाव भइहालेमा ऋण व्यवस्थापन गरेर भए पनि नागरिकको जिउ धनको रक्षाका लागी आफू पछि नहट्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।
नगर क्षेत्र भित्र रहेको बयालपाटा अस्पतालमा यस विषम परिस्थितिमा आवश्यक उपकरण तथा आर्थिक व्यवस्थापनका लागी समेत नगरपालिकाले आवश्यक सहयोग गरिरहेको जानकारी गराउदै उहाँले कमलबजार प्रयोगशाला र जिल्ला अस्पताल मंगलसैनलाई समेत सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोरोना सङ्क्रमण भएका नागरिकहरूले आवश्यक गुणस्तरीय सेवा अभावमा छटपटिँदै ज्यान गुमाइरहेका बेला जिल्लामा उपलब्ध भेन्टिलेटर,आइसियु लगायतका उपकरण जनशत्तीको अभावमा थन्किनु सर्वसाधारणका लागी दुःखद भएको नगर प्रमुख कुँवरले बताउनु भएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागी सरकारले केही गर्न सकेन भन्दै गुनासो मात्र नगर नागरिकहरूले पनि आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सङ्क्रमण नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्लामा स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी निषेधाज्ञा जारि गरिएको अवस्थामा पनि नागरिकहरूले हेलचेक्र्याइँ गरिरहेकाले सङ्क्रमणको जोखिम बढ्ने भन्दै नगर प्रमुख कुँवरले चिन्ता समेत व्यक्त गर्नु भएको छ ।
यति बेला कोरोना सङ्क्रमण रोकथामका लागी घरभित्र सुरक्षित साथ बसी,आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि नागरिकहरूमा उहाँले अपिल गर्नु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस