कोरोना कहर : सेवा प्रवाहको विकल्प खोज्दै अछामका स्थानीय तहहरू

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको सङ्क्रमण फैलिन थालेको र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि अछामका स्थानीय तहहरू विकल्प खोज्न थालेका छन् ।
केही स्थानीय तहमा टेलिफोन मार्फत गर्न सकिने सेवा बाहेक सबै सेवा बन्द भएका छन् ।
चौरपाटीमा टेलिफोन मार्फत गर्न सकिने सेवाहरू मात्रै सुचारु छन् । यस्तै रामारोशन गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले दिने स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।
रामारोशन गाउँपालिकाको सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले समुदायको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दोस्रो लहरमा तीव्र गतिमा फैलिरहेको सङ्क्रमण लाई फैलिन नदिन रोकथाम तथा नियन्त्रणका लागि अर्को व्यवस्था नभएसम्म मङ्गलवार बाट २७ गते सम्मका लागि स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
साथै भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको सङ्क्रमण दर एकदमै उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले गरेको निषेधाज्ञा लाई पालना गर्दै सरकारले लागु गरेका आवश्यक सर्तहरूको पालना गरेर नागरिकले सुरक्षित रुपमा बस्न र सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएमा पालिकाको स्वास्थ्य शाखा र नजिकको स्वस्थ संस्थामा जानकारी गराउन आग्रह समेत गरिएको छ ।
यसैबिच गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन अनिवार्य मास्क लगाउन, स्वास्थ्यमा कुनै समस्या देखिएमा पालिकाको स्वास्थ्य शाखा र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न, बालबालिका, वृद्धवृद्धाहरु लाई घर बाट बाहिर ननिस्कन आग्रह गर्नुका साथै साबुन पानीले हात धुन आग्रह गरिएको छ ।
यस्तै स्यानिटाइजरको प्रयोग गर्न र दुई मिटरको भौतिक दुरी कायम गर्न, अत्यावश्यक बाहेक अरू समयमा घरबाहिर र भिडभाडमा नजान, सबैलाई गाउँपालिकाले सूचना जारी गरी पालिकाका नागरिक लाई सचेत गराएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस