बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइयो, अछामको सिमानाकाबाट दुई जना पक्राउ
बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ झलाल गाउँमा बिहे हेर्ने गएका बेला त्रिवेणी नगरपालिका–८ पन्तालीकी १४ वर्षीया सभ्यता बुढाको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
आगोले जलेर किशोरी घाइते भएकी छन् । पेट्रोल जलाउन खोजेको आरोपमा त्रिवेणीकै सुमन गिरी र सेखर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताएका छन् ।
नियन्त्रमा लिएका उनीहरुले मादक पदार्थ सेवन गरेकाले अरुलाई आक्रमण गर्न खोज्दा सभ्यताको शरिरमा परेको बयान दिएको उपरिक्षक महराले बताए । आरोपित दुई जना बाजुरा-अछामको सिमानाकाबाट पक्राउ परेका हुन् ।
यता घाइते बालिकालाई जिल्ला सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस