कोरोनाको हटस्पट बन्दै अछाम, थप २८ जनामा सङ्क्रमण

अछाममा कोरोना सङ्क्रमणको दर दिनहुँ उकालो लाग्न थालेको छ ।
संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ ।
मङ्गलवार आज मात्रै जिल्लामा थप २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ३८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
मङ्गलवार थपिनेमा २५ जना जिल्लाको मेल्लेख गाउँपालिकाका मात्रै रहेका छन् । मेल्लेख गाउँपालिकाका २० जना पुरुष र ५ जना महिलामा सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी विष्टले बताउनुभयो । उनीहरू गाउँपालिकाको वडा नम्बर ५ र ७ का हुन् ।
यस्तै कमलबजार नगरपालिकाको वडा नम्बर १ र ६ का एक÷एक जना पुरुष र ढकारी गाउँपालिका वडा नम्बर ८ का एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि छ । कमल बजार पिसिआर प्रयोगशालामा ७ हजार ७ सय २२ जनामा कोरोना परीक्षण गर्दा ६ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण अछाममा ४ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस