अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ६३ पुग्यो ,४ जनाले कोरोना जिते

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ६३ जना पुगेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भए यता अछाममा मंगलवारसम्म सङ्क्रमितको सङ्ख्या २ सय ६३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा जिल्लाका ७७ जनामा सङ्क्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । सम्ममा सङ्क्रमित हुने मध्य ८७ जना महिला र १ सय ६९ जना पुरुष रहेका छन् ।
जिल्लामा सबै भन्दा बढी बान्नीगढी जयगढ गाउँपालिकाका १ सय जना सङ्क्रमित रहेका छन् । यस्तै मंगलसैनमा ५४,कमलबजारमा २३,चौरपाटीमा १७,ढकारीमा ३ ,तुर्माखादमा ४,पञ्चदेवलमा २, मेल्लेखमा ३४,रामारोशनमा ८ जना ,साँफेबगरमा ११ जना रहेका छन् ।
जिल्लामा दोस्रो लहरको सङ्क्रमणबाट सङ्क्रमित भएका मध्य ४ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ५६ रहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस