गोठे मलको प्रयोग गर्दा सुध्रियो माटो

अछाममा अहिले मकै र धान छर्ने सिजन छ । अहिले खेतबारीहरु गोठे मलले गह्राहरू भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदै छ । किसानहरू मल बोक्नमा व्यस्त छन् ।
प्राङ्गारिक मलको महत्त्व बुझुन् थालेपछि किसानहरू अहिले गोठे मलको प्रयोग गर्न थालेका छन् । यसले उत्पादन पनि बढाएको छ भने माटो पनि सुधारेको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनको छडेना टोलमा ९३ घरधुरी छन् ।
यो गाउँका प्राय सबै खेतीपातीबाटै गुजारा चलाउँछन् । गाउँका सवैका घरमा भैँसी, गाई बाख्रा छन् । गाई बस्तुबाट उत्पादन हुने गोठे मल सङ्कलन गर्ने गर्ने अनि सिजन सिजनमा गोठे मलकै प्रयोग गर्ने गर्दछन् ।
गाउँकै अगुवा कृषक दानसिंह साउँदले तरकारी खेती गर्न थालेको ५ वर्ष भयो । उहाँ सुरु सुरुमा एउटै जमिनमा छोटो समयमै पटक पटक उत्पादन लिन रासायनिक मल प्रयोग गर्नुहुन्थ्यो । गोठे मल अर्थात् प्राङ्गारिक मलको महत्त्व बुझन थालेपछि कृषक साउँदलले गोठे मल नै तरकारी अनि खेतमा प्रयोग गर्नुहुन्छ ।
यसले आम्दानी पनि बढाएको र माटो पनि मलिलो भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय अर्गानिक मलको साटो रासायनिक मलमा बढी मात्रामा पोषक तत्त्व पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका बेला अछामका केही कृषक गोठे मल खेतमा लगाउँछन् ।
प्राङगारिकभन्दा रासायनिक मलले दिने नतिजा बढी भए पनि अहिले किसान गोठे मल तर्फ आकर्षित भएको कृर्षी ज्ञान केन्द्र अछामका प्रमुख छपेन्द्र प्रसाद शर्माले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस