कोरोना नियन्त्रणबारे गम्भीर छौँ : अधिकृत जोशी (कुराकानी सहित)

बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी आवश्यक तयारी तीव्र पारिएको बताउनु भएको छ ।
सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिकाले आवश्यक गतिविधिमा जोड दिएको उहाँले बताउनु भएको हो । निषेधाज्ञा बाहेक गाउँपालिकामा परीक्षणको दायरा बढाउन स्वास्थ्यकर्मी परिचालन,जनचेतनका कार्यक्रममा जोड दिएको अधिकृत जोशीले बताउनुभयो ।
समयमै सङ्क्रमण रोकथाम नियन्त्रणका लागी परीक्षणको दायरा बढाउनु,आवश्यक स्वास्थ्य मापदण्ड पालनामा जोड दिनुको विकल्प नरहेको जोशीको भनाई छ । रेडियो बान्नीगढीसंग कुराकानी गर्दै अधिकृत जोशीले परीक्षणको दायरा बढाउन आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापन,जनचेतना र उपचारका लागी पूर्व तयारीमा जोड दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा रहेको ५ बेडको कोरोना अस्पताल सञ्चालनका लागी अक्सिजन अभाव रहेकोमा यसको आपूर्तिका लागी विभिन्न निकायमा पहल भइरहेको छ ।यस्तै कोरोना सङ्क्रमितलाई समयमै अस्पताल पुर्याउन गाउँपालिकामा रहेको एम्बुलेन्ससँगै स्वास्थ्यकर्मीलाई समेत तयारीमा अवस्थामा राखिएको अधिकृत जोशीले बताउनुभयो ।
सङ्क्रमण रोकथामका लागी गाउँपालिका सरकारको प्रयासले मात्र नहुने बताउँदै उहाँले सर्वसाधारणले आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।
कुराकानी :- अधिकृत जोशी
क्याटेगोरी : कोरोना कहर, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस