क्षतिग्रस्त बान्नीगढीको ट्याक्टर मर्मतमा ढिलाइ : बिमा समेत नगरिएको खुलासा

बान्नीगढी जयगढ गाउँपालिकाको ट्याक्टर मर्मतमा ढिलाइ गरिएको छ ।
गत चैत्र ११ गते भएको दुर्घटनाबाट क्षतिग्रस्त बनेको गाउँपालिकाको ट्याक्टर मर्मतमा गाउँपालिकाले ढिलाइ गरेको हो । गाउँपालिकाको से १ द २७ नम्बरको ट्याक्टर जयगढ रामारोशन सडक खण्डको सुकिबाग नजिकै दुर्घटनामा परेको थियो ।
गाउँपालिकामा डोजर सहायकका रुपमा कार्यरत रहेका शेर बहादुर साउँदले मदिरा सेवन गरि ट्याक्टर चलाएका कारण दुर्घनामा परेको अनुसन्धानका क्रममा खुलेको थियो ।
दुर्घटनाबारे प्रहरीले तयार पारेको मुचुल्कामा समेत गाउँपालिकाका डोजर सहायक साउँदले मदिरा सेवन गरि ट्याक्टर चलाएको कुरा उल्लेख गरिएको छ । यस्तै डोजर सहायक साउँदसंग ट्याक्टर चालक अनुमतिपत्र समेत नभएको खुलेको छ ।
गाउँपालिका जस्तो जिम्मेवार निकायको सरकारी ट्याक्टर अनधिकृत व्यक्तिले नियम विपरीत चलाएका कारण दुर्घटनामा परेको सार्वजनिक भए पनि यस बिषयमा भने गाउँपालिकाले हालसम्म कुनै पनि धारणा सार्वजनिक गरेको छैन ।
डोजर सहायकका रुपमा गाउँपालिकामा नियुक्त साउँदसंग ट्याक्टर चालक अनुमति पत्र (लाइसेन्स) नभएको भए पनि उनले गाउँपालिकाकै विभिन्न काममा ट्याक्टर चलाउँदै आएका थिए ।
यस्तै दुर्घटनामा परेको ट्याक्टरको बिमा समेत नगरिएको समेत खुलेको छ । गाउँपालिका अधिकृत रामचन्द्र जोशीले गाउँपालिकाको ट्याक्टरको बिमा नगरिएको उल्लेख गर्नु भएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भने निजी तथा सार्वजनिक सवारी साधनको बिमा गर्नुपर्ने कुरा उल्लेख गरेको छ । ऐनको दफा १४८ मा सवारीको बिमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

दुर्घटनाबाट क्षतिग्रस्त बनेको ट्याक्टर हालसम्म पनि मर्मत नगरिँदा स्थानीय मारमा परि रहेका छन् । स्थानीयले दैनिक कामकाजका लागी भाडामा लग्ने गरेको ट्याक्टर हालसम्म पनि मर्मत नगरिँदा स्थानीय सर्वसाधारण महँगो भाडामा व्यापारीको ट्याक्टर भाडामा लिनुपर्ने बाध्यता रहँदै आएको छ ।
क्षतिग्रस्त ट्र्याक्टर मर्मतमा ढिलाइ भइरहेका बिषयमा बुझ्दा बान्नीगढी जयगढ गाउँपालिकाका अधिकृत रामचन्द्र जोशीले सरकारी गाडी भएकाले विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने भएकाले केही समय ढिलाइ भएको बताउनुभयो ।
हाल भने आवश्यक सबै प्रक्रिया पुरा भइसकेको भए पनि कोरोना कहरका कारण मर्मतमा पठाउन नसकिएको अधिकृत जोशीले जानकारी दिनुभयो ।
क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस