Techie IT

पञ्चदेवल बिनायकका ३ वडाका स्थानीय अन्धकारमा


पञ्चदेवल विनायक नगरपालिकाका तिन वटा वडाका नागरिकहरू  १० दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

वैशाख १४ गते परेको चट्याङले पञ्चदेवल बजार नजिकै रहेको विद्युतको ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि  नगरपालिकाको  वडा न  १,२ र ३ को विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा त्यहाँका नागरिकहरू विद्युत् सेवा बाट वञ्चित भएका हुन ।

विद्युत् सेवा अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीय निकै मर्कामा परेका स्थानीय अगुवा कृपा बहादुर  धामीले जानकारी दिनुभएको छ ।

अवरुद्ध विरुद्ध मर्मतका लागी हेरफेर गर्न आएका बिद्युत प्राधिकरणका कर्मचारीले ट्रान्सफर्मरमा खराबी आएकाले तत्काल ट्रान्सफर्मर ल्याउन सकिने अवस्था नरहेको बताएको बुझिएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस