मेल्लेखमा डाक्टर सहितको आइसोलेसन वार्ड तयारी अवस्थामा छ : उपाध्यक्ष शाही

मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिकाले सक्ने आवश्यक तयारी पुरा गरेको बताउनु भएको छ ।
गाउँपालिकामा कोरोना सङ्क्रमण रोकथामका तथा नियन्त्रणका लागी आवश्यक तयारी पुरा गरिएको उपाध्यक्ष शाहीले बताउनु भएको हो ।
कोरोना सङ्क्रमण रोकथामका साथै सङ्क्रमितको उपचारका लागी मेल्लेख गाउँपालिकामा एमबिबिएस डाक्टर सहितको १५ बेडको आइसोलेसन वार्ड समेत तयारी अवस्थामा रहेको शाहीले बताउनु भएको छ ।
पालिकामा निषेधाज्ञासँगै परीक्षणको दायरामा वृद्धि गर्नुका साथै सचेतनाका कार्यक्रममा जोड दिइएको शाहीले बताउनुभयो ।
यस्तै सङ्क्रमणको दर फैलिँदै गएको सन्दर्भलाई मध्यनजर गरि पालिकामा उपलब्ध एमबिबिएस डाक्टर सहित स्वास्थ्यकर्मीको समूहलाई तयारी अवस्थामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष शाहीका अनुसार मेल्लेख गाउँपालिकामा कोरोना सङ्क्रमितको उपचारमा पहुँचका लागी सवारी साधन समेत तयारी अवस्थामा राखिएको छ ।
कुराकानी :-
क्याटेगोरी : कोरोना कहर, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस