Techie IT

बान्नीगढीमा सर्वसाधारणका लागी निःशुल्क गाडीको व्यवस्था : अधिकृत जोशी


बान्नीगढी जयगढ गाउँपालिकाले कोरोना महामारीमा सर्वसाधारणका लागी निःशुल्क गाडीको व्यवस्था गरेको छ ।

कोरोना कहरका बिच सङ्क्रमण देखीएका तथा कोरोना आशङ्का गरिएका सर्वसाधारणको सहजताका लागी गाउँपलिकाले निःशुल्क गाडीको व्यवस्था गरेका हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीका अनुसार कोरोना सङ्क्रमण देखीएका तथा आशङ्का गरिएकाहरूको सहज उपचार पहुँचका लागी गाउँपालिकाले निःशुल्क गाडीको व्यवस्था गरेको हो ।

बैशाख २३ गते देखी जेठ २ गते सम्मका लागी गाउँपालिकाले निजी गाडी भाडामा लिएको अधिकृत जोशीले बताउनुभयो ।

भाडामा लिइएको गाडी कोरोनासँग मिल्दोजुल्दो लक्षण देखीएका तथा सङ्क्रमण पुष्टि भएकाहरूलाई अस्पताल पुर्‍याउन तथा ल्याउनका लागी निःशुल्क रुपमा सर्वसाधारणले प्रयोग गर्न पाउने छन् ।

सर्वसाधारणलाई अस्पताल आवत जावत गर्नका लागी निःशुल्क गाडीको आवश्यकता भएमा प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको सम्पर्क नम्बर ९८५८४२४८६२ र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क नम्बर ९८४८४३५४२३ मा सम्पर्क गर्न अधिकृत जोशीले आग्रह समेत गर्नु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!