काँग्रेस नेता ठकुल्लाद्धारा ५ पालिका र पत्रकारलाई मास्क वितरण

समाजसेवी तथा नेपाली काँग्रेसका नेता भक्त बहादुर ठकुल्लाले अछामका ५ पालिका र पत्रकारलाई मास्क वितरण गर्नु भएको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न ठकुल्लाले अछाम क्षेत्र नम्बर १ का ५ वटा पालिका र पत्रकार महासङ्घ अछामलाई मास्क वितरण गर्नुभएको हो ।
नेपाली काँग्रेस अछाम काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष रहनु भएका समाजसेवी ठकुल्लाले यस विषम परिस्थितिमा कोरोना नियन्त्रणमा खटिएका अगुवाहरूका लागी पालिका मार्फत र जिल्ला स्थित सञ्चारकर्मीलाई महासङ्घ मार्फत वितरण हुने गरि मास्क उपलब्ध गराएको बताउनु भएको छ ।
क्षेत्र नम्बर १ अछामका ५ वटै पालिकालाई २० बट्टाका दरले मास्क उपलब्ध गराएको ठकुल्लाले जानकारी दिनुभयो ।
सामाजीक सञ्जाल फेसबुकमा मास्क वितरणबारे स्ट्याटस लेख्दै काँग्रेस नेता तथा समाजसेवी ठकुल्लाले मानामा मुट्ठी सरह मात्रै भए पनि यी मास्कहरू सदुपयोग हुने अपेक्षा गरेको उल्लेख गर्नु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस