न उपभोक्ता समिति न टेन्डर : अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा डिप बोरिंग

बान्नीगढी जयगढ गाउँपालिकामा सञ्चालन गरिएको डिप बोरिंग खानेपानी योजना नियम विपरीत गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउँदको मिलेमतोमा सञ्चालन गरिएको पाइएको छ ।
जयगढ बसपार्कमा वैशाख २४ गते निर्माण गरिएको डिप बोरिंग खानेपानी योजना गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा नियम विपरीत सञ्चालन गरिएको पाइएको हो ।
डिप बोरिंग योजनाका लागी गाउँपालिकाले उपभोक्ता समिति गठन गरिएको छैन भने योजनाका लागी कुनै टेन्डर समेत आह्वान गरिएको छैन ।
सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक निकायले मालसामान, निर्माण कार्य वा सेवा खरिद गर्नु अघि त्यस सम्बन्धी स्पेशिफिकेशन, योजना, नक्सा, डिजाइन, विशेष आवश्यकता वा अन्य विवरणहरू तयार गर्नु पर्ने उल्लेख गरिएको छ ।
यस्तै ऐनमा कुनै पनि सेवा खरिद गर्दा (निर्माण कार्य सञ्चालन गर्दा ) उपभोक्ता समिति वा टेन्डर मार्फत सञ्चालन गर्नका लागी खुला रुपमा बोलपत्र आह्वान गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै सेवा खरिद कार्यका लागी बोलपत्र अर्थात् उपभोक्ता समिति गठन गर्नका लागी सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ ।
कुनै पनि योजना सञ्चालन गर्दा सार्वजनिक सेवा खरिद ऐनको पालना गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बान्नीगढी जयगढ गाउँपालिकाले भने नियमको पालना गरेको पाइँदैन ।
डिप बोरिंग खानेपानी योजनाबारे हालसम्म पालिकाले उपभोक्ता समिति गठन तथा टेन्डरका लागी समेत कुनै सूचना वेभसाईट तथा सार्वजनिक रुपमा प्रकाशन गरेको छैन ।
डिप बोरिंग योजना सञ्चालनका बिषयमा बुझ्दा कार्यपालिका सदस्य तथा पालिकाका विभिन्न वडाका वडा अध्यक्षले यस बिषयमा आफूहरूलाई कुनै पनि जानकारी नभएको र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई जानकारी हुने प्रतिक्रिया दिइरहेका छन् ।
डिप बोरिंग योजना निर्माण स्थल बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवीमा पर्छ ।
बर्दादेवीका वडा अध्यक्ष कुल बहादुर शेट्टिले भने यो योजनाका लागी आइतबार (२०७८ वैशाख २६ गते ) सम्म वडामा कुनै उपभोक्ता समिति गठन नगरिएको तथा योजना सञ्चालन गर्न सम्झौताका लागी वडाले कुनै पनि सिफारिस नदिएको बताएका छन् ।
योजना सञ्चालन कुन प्रक्रिया मार्फत सञ्चालन गरिएको हो भन्ने बिषयमा गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद स्वयमले गाउँपालिका अध्यक्ष र आफ्नो सल्लाहमा योजना सञ्चालन गरिएको स्वीकार गरेका छन् ।
योजना मार्फत २० लाख रुपैयाँ गोलमाल गर्न खोजिएको आशङ्का गर्ने आधार प्रशस्त भेटिएका बेला गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउँदको मिलेमतोमा न त उपभोक्ता समिति न त टेन्डर बिना नै योजना सञ्चालन गरिएको भेटिनुले बान्नीगढी जयगढ गाउँपालिकामा सुशासन र पारदर्शिता कायमको तल्लो स्तरको उदाहरण बाहिरिएको छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा नियम विपरीत योजना सञ्चालन गरिनु,योजना लागतबारे गाउँपालिका अधिकृत र ठेकेदार बिचको भनाइमा २० लाखको अन्तर भेटिनुले समृद्धिको आधार बान्नीगढी सरकार भन्ने बान्नीगढी जयगढ गाउँपालिकाको नारालाई समेत गिज्याएको छ ।
क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस